Skip to content

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा

 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता सेयर लिलाम बिक्री हुने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर लिलामीमा गर्ने भएको हो ।

उक्त सेयरको न्युनतम प्रतिकित्ता ९ सय रुपैयाँ तोकिको छ । सेयर खरिदको लागि जो कोही व्यक्ति, संघसंस्थहरु सहभागि हुन पाउने कम्पनीले जनाएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा कम्तीमा १ हजार र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

सेयर आजदेखि जेठ २३ गते अपरान्ह ३ बजेसम्म बोलपत्र पेस गरिसक्नुपर्नेछ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal