Skip to content

नेप्से परिसूचकमा १५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ६८ करोड

 

काठमाडौं । सेयर बजार परिसूचक बुधबार पनि बढेको छ । यो साताको पहिलो दिनदेखि नै बढ्न थालेको बजार बुधबार पनि बढेको हो ।

बुधबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १५ दशमलव ५४ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २१३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज कारोबार भएका कम्पनी मध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बुधबार नेप्सेमा ३१८ कम्पनीका १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ७८ हजार ५१ पटक खरिद बिक्री भएको छ । नेप्समा आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव शून्य ६ अंकले बढेर ३८२ दशमलव ६७ विन्दुमा पुगेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal