Skip to content

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने ३ जना पक्राउ

 

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा कैलाली घर भएका ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी घर भएका ४५ वर्षीय सैलेशकुमार झा छन् ।

विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रुपैयाँ ठगेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख र सैलेशले युके पठाइदिन्छु भनेर १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ ठगेको प्रहरीको भनाइ छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूलाई कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal