Skip to content

बेल्जियमका नेपाली ब्यबसायीले नेपाली फुड फेस्टिबल गर्दै

काठमाडौं। नेपाली ब्यबसायी संघ बेल्जियमले यही मे महिनाको २५ तारिख शनिबार नेपाली फुड फेस्टिबलका बारेमा पत्रकारसम्मेलन गरेर जानकारी गराएकोछ ।

कार्यक्रम संयोजक एबम नेबाबका उपाध्यक्ष कासी दनैले पत्रकार सम्मेलनमाबताए अनुसार बेल्जियममा प्रत्यैक दुई बर्षमा हुने फुड फेस्टिबलको तेश्रो संस्करणको लुभेन नगरपालिका प्रमुखमोहमद रुद्वानीले उद्घाटन गर्नेछन ।

करीब दस हजार ब्यक्तिहरु सहभागि हुने यस नेपाली खाना महोत्सबमास्थानीय नगरपालिका र नेपाली राजदुताबास बेल्जियमको  बिशेष सहयोग र सहभागिता रहेकोछ ।

फेस्टिबलमाबेल्जियममा कार्यरत बिभिन्न देशका गरी करीब १५ देशका राजदूत, युरोपियन युनियनका बिशिष्ठ पदाधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका बिशिष्ठ ब्यक्तिहरु, र बेल्जियम नागरिकहरु रनेपाललाई माया गर्ने युरोपियन नागरिकहरु सहभागि हुनेछन । फेस्टिबलमा १४  वटा स्टलबाट हिमाल पहाड रतराईमा खाइने १० थरी  नेपालीहरु खाना, दुई वटा नेपाली हस्तकलाका सामाग्री बितरण  गरिनेछ ४ जना स्वयमसेबकले नेपाली खानाको बारेमा पहुनाहरुलाई खाइरहेको ठाउमा गएर बर्णन गर्नेछन ।

नेपाली खाना रस्वादको गुणस्तर कन्ट्रोल गर्न स्वयमसेबक परिचालन गरिनेछ।  दिनभरिमा सय बढी नेपाली बालबालिकाहरुलेनेपाली न्रित्य, गीत प्रस्तुत गर्नेछन । नेपाली कलासंस्क्रिती झल्कने झांकी , नेपाली पोशाकको प्रदर्शनी हुनेछ ।नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्येस्यले एक जना बेल्जियम नागरिकलाई भाग्य चिट्ठा मार्फत नेपालको होटेल बूकिङ र हवाई टिकट प्रदान गरिनेछ ।

नेपाली फुड फेस्टिबलको बेल्जियमका स्थानीय पत्रपत्रीका, रेडियो रटेलिभिजन र सामाजिक संजालबाट प्रचार प्रसार गरिएकोछ  । फेस्टिबल हुने स्थानमा डिजिटल पर्दामा नेपालकोप्राकृतिक सुन्दरता झल्कने श्रब्य दृष्य सामाग्री देखाइनेछ । फुड फेस्टिबलको लागि करीब ३० हजार युरो नेपालीरुपंया ४४ लाखको बजेट ब्यबस्था गरिएकोछ ।

नेपाली ब्यबासयी संघ बेल्जियमले नेपाली खानालाई बेल्जियम रयुरोपमा परिचित गराउदै सो मार्फत नेपाललाई चिनाउने, नेपाली समुदाय र बेल्जियम नागरिक बिच भाईइचाराबढाउने , नेपालमा पर्यटन प्रबर्धन र आर्थिक बिकासमा योगदान पुर्याउने, यहाँ हुर्कदै गरेको नेपाली दोश्रो पुस्तालाईसहभागि गराएर नेपाल प्रतिको लगाब बढाउने, नेपाली ब्यबसायिहरुलाई बेल्जियममा स्थापित गराउन मद्दत् पुग्नेविश्वाश गरेकोछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले बेल्जियममा कृयाशिल नेपाली ब्यबासयीहरु र नेबाब बेल्जियमले गरी रहेका गतिबिधिको बारेमा बताएका थिए ।

नेबाबकाअध्यक्ष चिरन कुमार खवासले कार्यक्रमका बारेमा  पत्रकारहरुले राखेका जिज्ञाशाको जबाफ दिएका थिए ।कार्यक्रमको संचालन महासचिब जगदिश सापकोटाले गरेका थिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal