Skip to content
Prabhu

वैशाखमा सेयर बजारको पुँजीगत लाभकरमा करिब २५ प्रतिशतले कमी

 

काठमाडौं । वैशाख महिनामा शेयर बजारको पुँजीगत लाभकरमा करिब २५ प्रतिशतको गिरावट आएको छ । धितोपत्र दोस्रो बजारबाट वैशाख महिनामा चैत महिनाको तुलनामा २४.९ प्रतिशत कम पुँजीगत लाभकर संकलन भएको हो ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार वैशाख महिनामा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । जनु चैत महिनाको भन्दा २४.९ प्रतिशतले कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको सेयरबाट ३६ करोड २७ लाख कर संकलन भएको सीडीएसी तथ्यांकले देखाएको छ ।

बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा नाफाबाट ७.५ प्रतिशत तथा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal