Skip to content

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घन्टाका लागि बन्द

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेपछि एक घन्टाको लागि बन्द गरिएको छ। धावनमार्गमा खाल्डो परेपछि शुक्रबार मध्याह्न विमानस्थल बन्द गरिएको हो।

रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले बताए।

‘सानो आकारको खाल्डो परेको देखियो। त्यसलाई पुर्ने काम भइरहेको छ,’ प्रवक्ता झाले भने, ‘करिब एक घन्टापछि नियमित उडान हुनेछ।’

विमानस्थल बन्द भएसँगै एक घन्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू पनि बन्द भएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T