Skip to content
Prabhu

सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।

बुधबार रातिे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए । मे १८ तारिखका दिन नेपाली गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ बिनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ लागेका थिए । उनी मे २० का दिन तेस्रो शिविर पुगेका थिए । ्मे २१ का दिन चौथो शिविर पुगेका उनी मे २२ को बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal