Skip to content
Prabhu

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्यमा १ हजार ८ सयले गिरावट आएको छ । सुनको मूल्य अघिल्लो दिनको भन्दा १ हजार ८ सय रुपैयाँले सस्तो भएको हो ।

अघिल्लो दिन पनि सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको थियो । केही दिन अगाडि लगातार बढ्दै गएको सुनको भाउ दुई दिनमा प्रतितोला ३ हजार ६ सय सय रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal