Skip to content

सेयर बजार १८.३० अंकले बढ्यो, साढे ८ अर्बकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिन घटेर बन्द भएको बजार, आज भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १८.३० अंक बढेर २८५०.३७ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। आज उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अरु उपसमूहको परिसूचक आज सामान्य बढेको छ।

यस दिन सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत बढेको छ। यसैगरी, बरुण हाइड्रोपावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। आज कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी उच्च स्थानमा रहेको छ। आज यस कम्पनीको ३९ करोड १ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यता शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima