Skip to content

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको घरमा काठमाडौंका मेयर बालेनले पठाए एक ट्रक धुलो

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको घरमा एक ट्रक धुलो पठाएका छन् ।

बालेनले सामाजिक सञ्जाल मार्फत उपप्रधान एव्म भौतिक योजनामन्त्री महासेठको घरमा धुलो पठाएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,’ तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।”

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi