Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले भद्रपुर नगरपालिका–५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । यो शाखासहित बैंकको शाखा संख्या २ सय ७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ ।

नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले गरेका थिए । हाल बैंकका २ सय ७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २ सय ६५ वटा एटीएम छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal