Skip to content

बजेट अगाडि बिलेट उद्योगमा कर बढ्ने आतंक, जनार्दनको नीति वर्षमानले उल्टाउने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणनजिक आउन थालेसँगै स्पन्च आइरन आयात गरेर बिलेट बनाउने उद्योगीलाई समस्या परेको छ ।

३ वर्ष अगाडि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बिलेट आयात गरेर डण्डी बनाउने उद्योग धरासायी नै बनाएका थिए । शर्माले बिलेटमा लाग्ने कर बढाए भने बिलेट बनाउनको लागि प्रयोग हुने स्पन्च आइरनको कर घटाए ।

त्यो बेला आधा दर्जन जति उद्योगले मात्र स्पन्च आइरन आयात गरेर बिलेट बनाउने गरेका थिए ।

शर्माले बिलेट बनाउन प्रयोग हुने स्पन्च आइरनको भन्सार शुल्क ५ प्रतिशतबाट शुन्य प्रतिशत बनाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा दिने गरी नीति ल्याएको भन्दै निकै आलोचना भएको थियो ।

सैद्दान्तिक हिसाबले नेपालमा सिधै बिलेटको आयात नगरेर स्पन्च आइरन आयात गरेर बिलेट बनाउने नीति ठिक थियो । अर्थमन्त्री शर्माले समय नतोकेर एकैपटक उद्योगीलाई समस्या पारेको आरोप लागेको थियो ।

३ वर्षमा अहिले सञ्चालनमा रहेका केही उद्योग बाहेक सबैजसो डण्डी उद्योगले अहिले स्पन्च आइरन आयात गरेर बिलेट उत्पादन गर्छन् । बिलेटबाट फलामे डण्डीको उत्पादन हुन्छ । अहिले आधा दर्जनजति उद्योगले मात्र बिलेट बनाउने काम गर्दैनन् । अर्थमन्त्री शर्माको नीतिले बिलेट उद्योगमा लगानी गरेका एक उद्योगले अहिले पुरानै नीति कार्यान्वयनमा आउने हल्ला चलेको बताउँछन् ।

‘अर्थमन्त्री शर्माले एकैपटक उद्योग नै नचल्ने गरेर नीति ल्याए,हामीहरुले बिलेट उत्पादन गर्न ५० करोड लगानी थप हालैमात्र गरेका थियौ,”एक उद्योगीले भने, ‘अब  पुरानै नीतिमा जाने हो उद्योगहरु धरासायी हुन्छन् ।’

सरकारले स्पन्च आइरन आयात गरेर बिलेट बनाउन सहुलियत दिने नीति लिएसँगै बिलेट आयात घटेको छ । स्पन्च आइरनको आयात बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा स्पन्च आइरनको आयात २८ अर्बको भएको छ भने बिलेटको आयात ९ अर्ब ४५ करोडको रहेको छ ।

‘विगतमा सरकारको नीति ठीक छैन भनेर हामीहरुले विरोध गरेको हो,’ एक उद्योगीले भने, ‘अब झन यो नीति उल्टाउनु भनेको खराबमा थप खराब काम गर्नु हो ।’

बिलेट उत्पादन गर्नको लागि डण्डी उद्योगीहरुले पछिल्लो वर्षमा ४० अर्बजति लगानी थपेका छन् । बिलेट उत्पादनमा डण्डीको भन्दा बढी विजुली समेत खपत हुन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima