Skip to content
Prabhu

१० महिनामा २० अर्बको विद्युतीय गाडी आयात, सबैभन्दा बढी चीनबाट

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब बराबरको विद्युतीय गाडी आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा २० अर्ब बराबरको विद्युतीय गाडी भित्रिएको छ ।

नेपालमा विद्युतीय गाडी चीन,भारत,जर्मनी,इन्डोनेसिया र दक्षिण कोरियाबाट भित्रिएको देखिन्छ ।

सबैभन्दा बढी चीनबाट १५ अर्ब बराबरको विद्युतीय गाडी भित्रिएको छ । दोस्रोमा भारतबाट ५ अर्ब २६ करोड बराबरको गाडी भित्रिएको छ ।

चीनबाट मुख्य रुपमा नेपाली बजारमा लोकप्रिय भएको बिवाईडी र एमजी मोडलको गाडी भित्रने गर्छ । यसबाहेक पछिल्लो समयमा चिनियाँ इभीको नेपाली बजारमा निकै ठूलो बजार बिस्तार भएको छ । नेटाभी,डल्फिन लगायतका गाडीहरु चीनबाट भित्रने गर्छन् । भारतबाट भने टाटाको मात्र गाडी आउने गरेको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी गाडी ५० देखि १०० किलोवाटसम्मको गाडी आएको छ । ५० देखि १०० किलोवाटसम्मको ४ हजार ८९६ वटा गाडी आएको छ । यस्तै ५० किलोवाटसम्म ३ हजार ४७२ वटा र १०० किलोवाटभन्दा बढी १०५ वटा गाडी आयात भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal