Skip to content

डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्नुहोस्ः अध्यक्ष सिलवाल

nabil bank

 

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रविधिलाई अनुशरण गेरेर सेवा प्रवाह गर्न बिमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बिमा प्राधिकरणले काठमाडौंमा आयोजना गरेको पेशागत बिमा अभिकर्ता संघसँग बिमा सम्बन्धी समसामयिक विषयमाको छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गँदै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

‘संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेसागत बिमा अभिकर्ता संघलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, संघले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन संघले नेतृत्व लिनुपर्छ,’ उनले भने । बिमार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बिमितको हित र बिमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उनको भनाइ थियो ।

‘बिमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ, बिमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफ  विस्थापित हुन्छन्,’ अध्यक्ष सिलवालले भने।

अध्यक्ष सिलवालले बिमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बिमासम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बिमा अभिकर्ताहरूलाई आग्रह गरेका छन् । नेपाल बिमा प्राधिकरण, संचालक समितिका सदस्य कपिल देव ओलीले बिमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बिमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्तासम्बन्धी कानुनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बिमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा प्रस्तुति गरेका थिए । नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा व्यवसायको प्रवद्र्धन र बिमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बिमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदैआएको बताएका छन्।

त्यस्तै कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बिमालेख निर्देशन बिमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बिमाको पहुँच बढाउन भएको स्पष्ट गरे ।

कार्यक्रममा नेपाल जीवन बिमक संघका अध्यक्ष पोषक पौडेल र पेसागत बिमा अभिकर्ता संघका महासचिव ओम केसीले बिमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime