Skip to content

स्टक्स्कार्टस् सेक्यूरिटीजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्टक्स्कार्टस् सेक्युरिटीज (स्टक ब्रोकर–८६) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०८२ माघ १७ गते कम्पनीको कार्यालय परिसरमा थानेश्वर बस्याल र मिलन थापाको विशेष आतिथ्यतामा सभापति सुवास न्यौपानेको अध्यक्षतामा पहिलो सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु माथि विस्तृत छलफल गरी अनुमोदन गरेको छ । साथै आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण सम्वन्धि प्रस्ताव सभाबाट परित गरेको छ।

सभाको प्रमूख एजेन्डा अनुसार निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानीमा कम्पनीको सञ्चालक समितिको निर्वाचन कम्पनी ऐन, २०६३ तथा नेपाल धितोपत्र बोर्डका प्रचलित नियम, निर्देशन र आचारसंहिता अनुरुप निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गरिएको छ। निर्वाचन परिणाम स्वरुप देहायका व्यक्तिहरु आगामी कार्यकालको लागि सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । जसमा रमेश प्रसाद तिवारी, राम कृष्ण चौलागाई र विकास बस्याल रहेका छन् ।

निर्वाचित सञ्चालकहरुले निर्वाचन अधिकृत समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका शेयरधनीहरुले कम्पनीको हालसम्म कार्य सम्पादन प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि, जोखिम व्यवस्थापन, कर्पोरेट सुशासन सुदृढीकरण तथा पूँजी बजारमा विश्वास वृद्धि गर्न आवश्यक सुझावहरु प्रस्तुत गरेका थिए।

नव निर्वाचित सञ्चालक समितिको सदस्यहरुले सञ्चालकको हैसियतले सम्वन्धित नियामक निकायहरुसँग समन्वय गरी कम्पनी, शेयरधनी, लगानीकर्ता तथा बजारको हितलाई सर्वोपरी मानी निष्पक्ष, पारदर्शी र सद्भावपूर्वक जिम्मेवारी र दिगो व्यवसायिक अभ्यासलाई निरन्तरता दिई आफ्नो कर्तव्य निर्वाह दिने प्रविबद्धता व्यक्त गरे।

सभामा धन्यवाद ज्ञापनसहित दोस्रो सत्रको अध्यक्षता ग्रहण गरेका राजेन्द्र कुमार शर्माले औपचारीक रुपमा सभा समापन गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi