काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारत भ्रमणमा जाँदैछन् । उनीसँग विभिन्न ५२ उद्योगी व्यवसायी समेत भारत जाने भएका छन् । उनीहरु निजी खर्चमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत जाने ५२ व्यवसायीमा विभिन्न संस्थाका अध्यक्षदेखि युवा पुस्ताका समेत रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक गोपाल प्रसाद तिवारी रहेका छन् ।
यस्तै महासंघकी कार्यसमिति सदस्य सुनिता नेमाफुकी, बटु लामिछाने, उज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शीवकुमार अग्रवाल रहेका छन् ।
नेपाल उद्योग परिसंघबाट अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र राजबहादुर शाह रहेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा रहेका छन् ।
नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)का अध्यक्ष कुनाल कायल, निवर्तमान अध्यक्ष सुनिल केसी, उपाध्यक्ष करण चौधरी भारत जानेछन् ।
यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल, विभुषण बिष्ट रहेका छन् । कार्की उर्जा मन्त्री विराज भक्त श्रेष्ठका सल्लाहरका पनि हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघकमा अध्यक्ष निकोलस पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, औषधी उत्पादक संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, फेडरेसन अफ नेप्लिज इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष खिम नारायण पराजुली, नेपाल निर्यात उद्यमी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे,नेपाल कफी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, नेपाल सफ्टवेयर तथा आईटी सेवा प्रदायक संघ (नास-आईटी)का उपाध्यक्ष विभूषण विष्ट, गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपतिदेव पाण्डे, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती रहेका छन् ।
यस्तै प्रधानमन्त्री शाहसँग भारत जानेमा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरत जङ्ग पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ र सचिव दिकिला शेर्पा लामा, नेपाल कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ रहेका छन् ।
यस्तै उद्यमीहरु सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, टुक प्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु कुमार अग्रवाल, दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलष पान्डे र रञ्जन कुमार बान रहेका छन् ।
भ्रमणका क्रममा नेपाल भारत बिजनेश फोरमको छलफल हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने र सरकारको तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ । यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु बन्ने अपेक्षा छ । यो कार्यक्रममा नेपाली व्यवसायी सहभागी हुनेछन् ।
शाह सहितको सरकारी ३४ सदस्यीय टोली आइतबार अपराह्न १: ४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमा भारत भ्रमणमा जाँदैछन् ।









प्रतिक्रिया दिनुहोस्