Skip to content

सेयर धितोमा जाने कर्जा पौने ५ अर्बले बढ्यो, साना कर्जामा लगानीकर्ताको अनिच्छा

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनासम्म आउँदा सेयर धितो राखेर लिने कर्जा सामान्य बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा सेयर धितोमा जाने मार्जिन प्रकृतिका कर्जा ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँले बढेको हो ।

१ खर्ब ६६ अर्ब ५० करोड ७९ लाख रुपैयाँ रहेको यस्तो कर्जा चालु आवको असोज मसान्तसम्म आउँदा बढेर १ खर्ब ७१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र मार्जिन प्रकृतिका कर्जामा २.९ प्रतिशतको वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा सबैभन्दा धेरै बढेको छ ।

उक्त शीर्षकको कर्जा तीन महिनामा ४५ करोड २३ लाख १० हजार रुपैयाँले बढेर २३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो तीन महिनाको तुलनामा यसमा २३।६ प्रतिशतको वृद्धि भएको हो ।

त्यस्तै, १ करोड रुपैयाँभन्दा माथिका मार्जिन प्रकृतिका कर्जा १.० प्रतिशतले बढेर १ खर्ब २० अर्ब ६१ करोड ३ लाख रुपैयाँ पुगेको छ । यस शीर्षकमा तीन महिनाको अवधिमा ११ अर्ब ५५ करोड ५० लाख रुपैयाँको वृद्धि भएको तथ्यांकले देखाउँछ ।

यता, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा भने ०.५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असारसम्म १८ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ रहेको यस्तो कर्जा अक्टोबरमा घटेर १८ अर्ब ७५ करोड ७५ लाख रुपैयाँमा झरेको छ ।

त्यसैगरी, २५ लाख रुपैयाँभन्दा कमका मार्जिन प्रकृतिका कर्जा पनि ७.९ प्रतिशतले घटेको छ । तीन महिनाको अवधिमा उक्त कर्जा ९ अर्ब ४ करोड ४४ लाख रुपैयाँबाट घटेर ८ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T