Skip to content

मेलामा दुई पक्षबीच झडप, आठ राउण्ड हवाई फायर

nabil
global ime
फाइल फोटो

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिए ।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले उल्लेख गरे । सो घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T