Skip to content
Prabhu

सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले महँगो भएको हो ।

आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९ सय रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार पनि १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal