Skip to content

नाइमा मोबिलिटी एक्स्पो बाजागाजासहित सम्पन्न, १ लाख बढीले गरे अवलोकन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न भएको छ ।

नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २१ गतेदेखि ६ दिनसम्म सञ्चालन भएको एक्स्पो आज सम्पन्न भएको हो ।

आज बाजागाजासहित एक्स्पो सम्पन्न भएको हो । समापन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो धेरै विषयमा सिकाइ भएको बताइन् । उनले यो एक्स्पोमा गाडी बुकिङ भन्दा पनि सिकाइ भएको र यसले एक खालको बेन्चमार्क तय गरेको बताइन् । उनले आगामी दिनमा सरकारसँग मिलेर नीति निर्माण तहमा काम गर्ने उल्लेख गरिन् । उनले एक्स्पोमा १ लाख बढीले अवलोकन गरेको बताइन् । एक्स्पोमा करिब २५ सयको हाराहारीमा विभिन्न सवारी साधान बुकिङ भएको उल्लेख गरिन् ।

एक्स्पोमा बीवाईडी, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, सिट्रोन, फोरथिङ, काई, किया, , महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुवी, निसान, ओमडा र जेको, प्युज्योट, प्रोटन, रेनल्ट, लिप मोटर्स, एलईभी १ टोयटा, फक्सवागन र जिकर लगायतका ब्राण्ड सहभागी भएका थिए।

दुईपांग्रे तर्फ बजाज, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एम्पेयर, एथर, बेनली, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोल्ट, सुजुकी, ट्राइम्प, टिभिएस लगायत ब्राण्ड सहभागिता थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T