Skip to content
Prabhu

कोरोना बिमाको रकम कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, गत वर्ष सरकारले तिरेको १ अर्ब बेरुजुमा

काठमाडौं । बिमा कम्पनीहरुलाई १० अर्बको दायित्व थपिने भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ प्रतिवेदनमा कोरोना बिमाको रकम सम्बन्धित बिमा कम्पनीबाट भुक्ता गर्न निर्देशन दिएसँगै बिमा कम्पनीको दायित्व थपिने भएको हो । महालेखाले कोरोना बिमाबापतको ११ अर्ब ३४ करोड २५ लाख रुपैयाँ पोलिसि जारी गर्ने कम्पनीबाटै भुक्तानी गर्न निर्देशन दिएको छ ।

महालेखाको ६१औँ प्रतिवेदनमा कोरोना बिमाको बक्यौता रकम पोलिसी जारी गर्ने सम्बन्धित कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ । महालेखाले कोरोना बिमा बापतको असिमित दायित्व नेपाल सरकारले व्यहोर्न नसक्ने उल्लेख गर्दै कोरोना बिमाको रकम छानबिन गरी बीमा कम्पनीबाट भुक्तानी गराउन सरकारलाई निर्देशन दिएको छ ।

महालेखाले कोरोना बीमाको बक्यौताबापतको रकम ११ अर्ब ३४ करोड २५ लाख रकम सम्बन्धित बिमा कम्पनीबाटै तिराउनुपर्ने उल्लेख गरेको छ । गत वर्ष सरकारले तिरेको १ अर्ब रुपैयाँसमेत बेरुजुमा राखेको महालेखाले कोरोना बीमा बापतको रकम नेपाल सरकारले व्यहोर्न नसक्ने उल्लेख गरेको छ ।

नेपाल बिमक संघका अध्यक्ष चंखी क्षेत्रीले कम्पनीले दायित्व वहन गर्न नसक्ने भएकाले सरकारले हेर्नुपर्ने बताए । ‘सरकारले यस अघि नै १ अर्ब रुपैयाँ समेत दिएको भन्दै सरकारले नै भनेकाले कम्पनीहरुले बिमा गराएकाले सरकारको दायित्व लिनु पर्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal