Skip to content

जनउत्थान सामुदायिक लघुवित्तको ब्याज आम्दानीसँगै बढ्यो नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ। विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २०.६० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ११.१९ प्रतिशत घटेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ४१.७० प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४२ लाख रुपैयाँ ऋणात्मकबाट बढेर १ करोड ६ लाख धनात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ८ रुपैयाँ ६१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३२.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ १० पैसा रहेको छ।

१७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९ करोड ६८ लाख रुपैयाँ सापटी र ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima