Skip to content
Prabhu

न्यूरोडका ४२ सुन पसलमा छानबिन गर्नुपर्ने, सुन खरिदको स्रोत देखाउन सकेनन्

काठमाडौं । सुन पसल सञ्चालकले सुनचाँदी बैंकबाट १३ प्रतिशतमात्र किन्ने गरेको भेटिएको छ ।

नेपालमा सुन वैधानिक रुपमा आयात गर्ने सुविधा वाणिज्य बैंकलाई मात्र छ । चाँदी भने व्यक्तिगत फर्महरुले पनि आयात गर्न पाउने सुविधा छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले पनि भन्सार तिरेर र सुविधामा सुन ल्याउने व्यवस्था छ ।

महालेखा परीक्षकको कार्यालयले नेपालमा बढी सुनचाँदी बिक्री हुने न्यूरोडका व्यवसायीहरुले १३ प्रतिशतमात्र बैंकबाट खरिद गरिएको भेटिएको उल्लेख गरेको छ ।

महालेखाको वार्षिक प्रतिवेदनमा ६७ प्रतिशत सुन ४२ वटा पसलले व्यक्तिगत रुपमा किन्ने गरेको भेटिएको जनाएको छ ।

“४८ करदाताले १३ अर्ब ६० करोडको सुनचाँदी खरिद गर्दा १३ प्रतिशत मात्र बैंकबाट खरिद गरेको भेटियो, ६७ प्रतिशत व्यक्तिगत रुपमा र २० प्रतिशत व्यवसायीबीच खरिद गरेको भेटियो,”महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

व्यवसायीहरुले सुनचाँदी जस्ता मुल्यवान् धातु बैंकबाट खरिद नगरेर व्यक्तिबाट खरिद गरेको हुँदा यस्तो खर्च कट्टी अमान्य घोषणा गर्नुपर्ने महालेखाको निष्कर्ष छ ।

महालेखाले यसरी खरिद भएको सुनको वैधानिक स्रोतको समेत अनुसन्धान गर्न सुझाव दिएको छ । यस्तै नेपालगञ्जका ३ सुनचाँदी पसलबीच एक आपसमा ६१ देखि ८३ प्रतिशतसम्म परिवारका सदस्यबीच भएको देखिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणमा समेत सुनचाँदी पसलहरुका काम कानुन अनुसार नभएको यसअघि नै भेटिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal