Skip to content

३ वर्ष अगाडि शंकर ग्रुपका साहिललाई भएको फाइदा यो पटक पञ्चकन्याका प्रदिप श्रेष्ठलाई

nabil
global ime

 

काठमाडौं । ३ वर्ष अगाडि जनार्दन शर्माले नीतिको फाइदा सबैभन्दा बढी शंकर ग्रुपका साहिल अग्रवाल,सौरभ ग्रुपका बिष्णु न्यौपाने लगायतका व्यवसायीले उठाए ।

यसको कारण थियो शर्माले बिलेट बनाउन प्रयोग हुनेस्पन्च आइरनमा घटाएको कर । शर्माले बिलेट आयातको कर बढाएर स्पन्च आइनरको कर घटाए । यसको फाइदा सबैभन्दा बढी शंकर ग्रुपका साहिल अग्रवाल,सौरभ ग्रुपका बिष्णु न्यौपानेले उठाए । त्यो बेला आधा दर्जन जति मात्र व्यवसायीले बिलेटको उत्पादन नेपालमा गरेका थिए ।

औद्योगिक उत्पादनमा कच्चा पदार्थ उत्पादन अनुसार फरक छ । डण्डी उत्पादनको लागि बिलेट कच्चा पदार्थ हो । बिलेटको लागि स्पन्च आइरन । यस्तै जुस लगायतका हल्ला पेय पदार्थ उत्पादन गर्नेको लागि चिनी कच्चा पदार्थ हो । चिनी उद्योगको लागि उखु कच्चा पदार्थ हो ।

औद्योगिक उत्पादन बढाउनको लागि देशभित्र उत्पादन हुने तयारी बस्तुको तुलनामा विदेशबाट आयात हुने तयारी बस्तुको कर कर बढी लगाउने गरिन्छ । तर,उद्योगका उत्पादन अनुसार तयारी बस्तु र कच्चा पदार्थ फरक हुने कुन कच्चा पदार्थ हो कुन तयारी बस्तु यसमा निकै विवाद हुन्छ । यही विवाद ३ वर्षदेखि बिलेट उत्पादक र डण्डी उत्पादकबीच भएको थियो ।

३ वर्ष अगाडि शर्मालाई शंकर ग्रुप लगायतका व्यवसायीलाई फाइदा पुग्ने गरेर नीति बनाएको आरोप लागेको थियो । त्यसको पछाडिको कारण शंकर ग्रुपले बिलेट उद्योगमा फाइदा लिनु अगाडि हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला लिन सफल भएको थियो । पछिल्लो समय अर्को स्टक एक्सचेञ्च लिने तयारी गरिसकेको थियो । यो पटकको बजेटमा शंकर ग्रुप सहित बिलेट उत्पादन गर्ने उद्योगी मारमा परे । सबैभन्दा बढी मारमा यस्ता उद्योगी परेका छन् । जसले बिलेटमा कर बढाउने र यही उत्पादन गर्ने भनेपछि लगानी थपेका थिए । हालैमात्र बिलेट उत्पादन गरेका एक उद्योगी बजेटमा आर्थिक विधेयक हेरेपछि अनौपचारिक रुपमा टिप्पणी गर्दै भने,“बजेट कहिले शंकर ग्रुपले चलाउने,कहिले पञ्चकन्याले चलाउने,हामीहरुले व्यवसाय गर्न नसक्ने भयौं।”

शर्माले बिलेट आयातमा कर बढाउने नीतिपछि लगाएका धेरै व्यवसायीहरु अहिले वर्षमान पुनको नीतिसँग सहमत छैनन् । विगतमा पनि शर्मा गल्ती गरेको र अहिले पुनले त्यो भन्दा झन ठूलो गल्ती गरेको टिप्पणी उद्योगीहरुको छ ।

अर्थमन्त्रीले भाषणमा देशभित्र औद्योगिक उत्पादन बढाउने भनेपनि नीतिगत रुपमा बढीमा ३ वटा उद्योगीलाई फाइदा हुने नीति लिएको उद्योगीहरु बताउँछन् । “हिजो डेढवर्षसम्म ६ वटा उद्योगीले शर्मालाई प्रभावमा पारेर फाइदा लिए,”एक उद्योगीले भने,“आज ३ वटा उद्योगी व्यवसायीले पुनलाई प्रभावमा पारे फाइदा लिए।”

खास उद्योगमा यसरी लिने अस्थिर नीतिले उद्योग लगाउनभन्दा बन्द गर्न बढी सजिलो हुने सन्देश सरकारले व्यवसायीले दिएको छ । उद्योग लगाएर रोजगारी सिर्जना गर्नुभन्दा सिधै आयात गरेर व्यापार गर्नु सजिलो हुन्छ भन्ने सन्देश सरकारले दिएको टिप्पणी व्यवसायीको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima