Skip to content

सुनको मूल्य ६ सयले महँगियो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्यमा ६०० रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन पनि सुन तोलामा ४०० रुपैयाँ बढेको मूल्य आज ६०० रुपैयाँले बढेर १ लाख ३८ हजार २०० रुपैयाँ पुगेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य १० रुपैयाँले महंगो भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २ हजार ३५८.४१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३२.१२ डलरमा कारोबार भइरहेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal