Skip to content

९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा

 

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलामा सञ्चालित इँवा खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले क्षति पुगेको आयोजना पुनः निर्माण पछि सञ्चालनमा आएको हो ।

बाढीले क्षति पुगेपछि बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात् जेठ १५ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको हो । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको आयोजना हो ।

यो आयोजन २०७६ असोज २० देखि पूर्णरूपमा सञ्चालनमा आएको थियो । तत्कालीन बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैंक, एनसीसी बैंक, सिटिजन बैंक इन्टरनेसनल र सिद्धार्थ बैंकको लगानी रहेको थियो ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal