Skip to content
Prabhu

अर्थतन्त्र पुनर्संरचनाका लागि आयोग नै गठन गरिने

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त हुनका लागि विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गरिने बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष निकालेर बजेट ल्याइएको बताएका हुन् ।

अर्थमन्त्री पुनले बजेटले धेरै कुरा सम्बोधन नगरे पनि नयाँ चरणको सुधार आयोग नै गठन गरेर गरिने बताएका छन् । मन्त्री पुनले कस्तो आयोग बनाउने भन्ने स्पष्ट नपारे पनि सबै पक्षसँग गम्भिर छलफल गरेर नयाँ चरणको सुधार अघि बढाउने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal