Skip to content
Prabhu

बजेट पछिको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) मा भारी गिरावट आएको छ । बुभबार सेयर बजार परिसूचक २३ दशमलव ८१ अंकको गिरावट आएको हो ।

सोमबार सामान्य अंकले बढेको सेयर बजार आज २३ दशमलव ८१ अंकले घटेर २०८९ दशमलव ४२ विन्दुमा पुगेको छ । आज कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबार भएका १९१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो कारोबारमा ३ अर्ब बढीको कारोबार भएको थियो । आज सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३१४ कम्पनीका १ करोड ७३ लाख ८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटक खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि इन्डेक्स पनि ४ दशमलव ८२ अंकले घटेर ३७४ दशमलव शून्य ९ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal