Skip to content

नेपाली राजदूतावासले बैंककमा निर्यात प्रवर्द्धन कार्यक्रम

nabil bank

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।

बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ, थाइ नेपाली सङ्घ, नेपाल वायुसेवा निगमका प्रतिनिध एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो ।

उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन शृङ्खलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताए । उक्त दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीहरूबीच निरन्तर छलफल आवश्यक भएकामा जोड दिए ।

साथै उनले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न राजदूतावास सधैं तत्पर रहेको जानकारी दिए ।

नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सङ्गीता यादव र नेपाल निर्यातक महासङ्घका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन÷प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi