Skip to content

बजेट स्वागतयोग्य छ, कार्यान्वयनमा ध्यान दिनुपर्छः अध्यक्ष ढकाल

nabil bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेट सकारात्मक आएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

बजेटले निजी क्षेत्रका मागलाई सम्बोधन गरेको भन्दै यसको कार्यान्वयनमा ध्यान दिन पुर्ने उनको भनाइ थियो । ‘बजेट राम्रो आएको छ । निजी क्षेत्रको हिसावले हेर्दा । तर, त्यसको कार्यान्वयनमा भने ध्यान दिनु पर्ने हुन्छ,’ उनले भने, ‘विगतमा पनि बजेटमा कार्यक्रमहरु आउने गरेको तर कार्यान्वयनमा आउन नसकेको अवस्था हामीले भोगेका छौँ ।’

बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै आएको भन्दै पुराना बजेटका कतिपय कार्यक्रम तथा नीतिलाई नयाँ बजेटले काट्नु दुःखद भएको बताए ।

विशेषगरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटले काटिएको उनले बताए । पहिलेका बजेटले दिएको सुविधा अहिलेको बजेटले काट्दा लगानी पनि बिच्किने अवस्था आउन सक्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi