Skip to content

बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउनेछः सांसद पौडेल

nabil bank

 

काठमाडौं । सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताएको छ ।

आगामी आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा उनले विगतका बजेट गतिशील नआएको भन्दै आगामी आवका लागि विनियोजित बजेटले अर्थ प्रणालीलाई नै गतिशील र चलायमान बनाउने बताए।

‘असहज अवस्थामा आगामी आवका लागि बजेट विनियोजन भएको छ । यसले अर्थ प्रणालीलाई गतिशीलता दिने र जनतामा बढ्दै गएको निरासालाई हटाउने प्रक्षेपण गरिएको छ’, सांसद पौडेलले भने, ‘अर्थमन्त्रीले बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायलाई परिचालन गरेर अगाडि बढ्न आवश्यक छ ।’

विद्युत् उत्पादन बढ्नु कालोपत्र सडकमा वृद्धि, सबै जिल्लामा सडक सञ्जाल पुग्नु सकारात्मक सन्देश यसले दिन खोजेको उनको भनाइ छ । सांसद पौडेलका अनुसार सामाजिक न्यायसहित मौलिक हकको कार्यान्वयन गर्दै समाजवादतर्फ उन्मुख हुनु बजेटको लक्ष्य रहेको छ ।

‘हामी अँध्यारोमा हराएका थियौँ तर अर्थतन्त्र उकास्नका लागि विभिन्न क्षेत्रमा गोरेटो भेटेका छौँ’, पौडेलले भने, ‘व्यावसायिक वातावरणमा सुधार गर्ने विषय उठाएका थियौँ । कृषिमा लगानीको दशक, भूकम्प पुनःनिर्माण, दिगो वन व्यवस्थापन, शिक्षामा गुणात्मक सुधार, एक वडा एक पार्क, कर प्रणालीमा सुधारलगायत विषय आगामी वर्षको बजेटले समेटेका सकारात्मक सन्देश हुन् ।’

लामो समयदेखि निर्माण हुन नसकेका अव्यवस्थित पूर्वाधारका योजना निर्माण गर्न बजेटको व्यवस्थापनमा ख्याल गर्नुपर्ने सांसद पौडेलले सुझाव दिए । ‘कतिपय पुराना योजना राज्यले लगानी गरिसकेको छ तर बजेट अभावले ठेकदारले बेवारिसे छाडेका छन्’, उनले भने, ‘यस्ता अल्झिएका आयोजनाको अनुगमन गर्नुपर्छ र आयोजना पूरा गर्न अर्थमन्त्रीले ध्यान लिनुपर्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi