Skip to content
Prabhu

पूर्वअर्थमन्त्री महतको टिप्पणी– संसद विकास कोष बजेट सहरी विकास मन्त्रालयमै समायोजन भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संसद् विकास कोषको बजेट सहरी विकास मन्त्रालयमा समायोजन भएको दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा बोल्दै डा.महतले संसद् विकास कोषको रकम सहरी विकास मन्त्रालयमा राखेर आएको बताएका हुन् ।

महतले संसद् विकास कोषको बजेट जोडिएकाले शहरी विकास मन्त्रालयको बजेट ६६ अर्बबाट बढेर ९२ अर्ब पुगेको दाबी गरेका छन् । ‘सहरी विकासमा ६६ अर्बलाइ ९२ बढाएर अब यो संसद पहिला संसदीय विकास पूर्वाधार क्षेत्र भनेको अदालतले रोकिदियो । त्यो सबैमा त्यहाँ (सहरी विकास मन्त्रालय)बाट दिने भनेर सायद तपाईंहरुले दिनुभएको होला । विपक्षीलाई कति गर्नुभएको छ थाहा छैन । नगरेको पनि हुन सक्छ । थोरै गरेको हुन सक्छ’ उनले भने ।

अर्थ मन्त्रालयका अनुसार प्रत्येक सांसदहरुसँग योजना माग गरिएको थियो । ती योजनामा बजेट छुट्याएर शहरी विकास मन्त्रालयअन्तर्गत खर्च गर्ने गरी विनियोजन गरिएको उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal