Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्ब ३१ करोड

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १३ दशमलव ५१ अंकले बढेको हो ।

गत साता करिब ३ प्रतिशतको गिरावट आएको सेयर बजारमा आइतबार केही सुधार देखिएको हो । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३ दशमलव ०४ विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर हेको छ ।

आइतबारको सेयर बजारमा ३२५ कम्पनीका ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ६५ हजार ६५४ पटक खरिद बिक्री भएका छन् । जसबाट ४ अर्ब बढीको कारोबार भएको छ । आइतबार दिनभरको कारोबारमा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अंकले बढेर ३७१ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आइतबार सेयर बजारमा कारोबार भएका १३ उप सूचकांकमध्ये १० उप उप सूचकांकको सेयर मूल्यमा वृद्धि भएको छ भने ३ उप सूचकांकको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार सबैभन्दा बढी व्यापार सुचकांकमा ६.५६ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी निर्माण र प्रसोधन सुचकांकमा २.४० प्रतिशतको गिरावट आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal