Skip to content

इसेवाबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा दुबई ट्रिप जित्ने मौका

काठमाडौं । इसेवा प्रयोककर्ताहरुको लागि जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्।

जेठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आबद्ध रहेका १२ वटा बिमा कम्पनीहरुमा जीवन बिमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक साता आकर्षक उपहारहरु पाउनेछन्। हरेक साता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातका लागि प्याकेज पाउनेछन भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्ने छन् र बम्परमा ६ दिन ५ रातका लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । यसका साथै विभिन्न जीवन बिमा कम्पनीहरुको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् ।

यस योजनाको बारेमा इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढिरहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो। यसअन्तर्गत प्रयोगकर्ताहरुले इसेवामार्फत सजिलै आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

इसेवा लि सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख सहरहरूमा अवस्थित छन्।

हाल इसेवामा ८० लाखभन्दा बढी दर्ता भएका ग्राहकहरु, २ लाख ५० हजारभन्दा बढी एजेन्टस्, ४९ बैंक, ४५ लघुवित्त, तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध छन्।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal