Skip to content
Prabhu

लक्ष्मी सन‍राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

 

काठमाडौं । लक्ष्मी सन‍राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिका–१८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छट ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिका– ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिका–७, नारायणस्थान (साविक सन्राइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय १८ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal