Skip to content

एनआईसी एसिया बैंकले प्राप्त गर्यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्डस प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इन्फोसिस फिनाकल अवार्ड २०२४ अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो ।

बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रबर्द्धन गरिरहेको एनआईसी एसिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ ।

Hyundai

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो ।

आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

लाखौं ग्राहक महानुभावहरुमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा मार्फत अधिकांश डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु माझ पु¥याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६ सय ७१ एटिएम, १ सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । बैंकले ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime