Skip to content
Prabhu

हिमालयन लाइफको व्यतित बिमालेख नवीकरणमा २५ देखि १ सय प्रतिशतसम्म छुट

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बिमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा व्यतित अवधिअनुसार २५ देखि १ सय प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट जारी भएका व्यतित बिमालेख जेठ २३ गतेदेखि ३० गतेसम्म नवीकरण गर्दा छुट पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३ वर्ष अवधिको व्यतित बिमालेखमा १०० प्रतिशत, तीन देखिमाथि पाँच वर्षसम्म अवधिको बिमलेखमा ५० प्रतिशत छुट पाइने कम्पनीले जानकारी दिएको छ

साथै, पाँचदेखि माथि ७ वर्षसम्म अवधिको बिमालेखमा ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिको बिमालेखमा २५ प्रतिशत ब्याज छुट पाइने कम्पनीले बताएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal