Skip to content
Prabhu

ग्यास्ट्रो सेन्टर बुटवलमा सिटिजन्स बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र मैत्रीपथ, बुटवलस्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट दिने सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकको हालसम्म १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटिएमहरु रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal