Skip to content

गृहमन्त्रीज्यू गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?– नेपाली कांग्रेस

nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको फाइल खोल्न सक्नु हुन्छ भनेर प्रश्न गरेका छन् । प्रतिनिधसभाको आजको बैठकमा बोल्दै महामन्त्री शर्माले गिरीबन्धुको विषय प्रश्न उठाएका हुन् ।

महामन्त्री शर्माले गिरीबन्दुको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि त्यसको प्रतिवाद गर्दै फाइल खोल्नका लागि गृमहन्त्रीलाई आग्रह गरेका हुन् । ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi