Skip to content

नेसनल बिजनेस अवार्डबाट ८ कम्पनी सम्मानित

nabil bank

काठमाडौं । नेसनल बिजनेस अवार्डबाट निजी क्षेत्रका ८ वटा कम्पनी सम्मानित भएका छन् । राष्ट्रिय व्यवसायी पहलले निजी क्षेत्रका ठूलादेखि साना विभिन्न ८ वटा कम्पनीलाई सम्मान गरेको हो ।

सम्मानित हुने कम्पनीमा बहुराष्ट्रिय कम्पनीतर्फ एनसेल आजियाटा लिमिटेड र बोलटर्स नेपाल (तराइ), ठूला एदोग विधामा पञ्चकन्या स्टिल र द नेपाल डिस्टिलरिज प्रालि रहेका छन् । त्यस्तै मझौला उद्योग विधामा नेपाल डेरी प्रालि र कञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रालि, घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर प्रालि रहेका छन् । उक्त सम्मान विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय तथा व्यवसाय निरन्तता व्यवस्थापनमा पु¥याएको योगदान स्वरुप ती कम्पनीहरुलाई सम्मान गरिएको राष्ट्रिय व्यवसायी पहलले जनाएको छ ।

यी कम्प्नीहरुलाई विज्ञ सम्मिलित निर्णायक समितिद्वारा देशभरबाट प्राप्त मनोनयनमध्ये बहुराष्ट्रिय कम्पनी, ठूला कम्पनी, मझौला र सुक्ष्म, घरेलु तथा साना उद्योग गरी ४ विधाका दुई÷दुई कम्पनी चयन गरेर सम्मान गरिएको हो ।

सोही अवसरमा नेपालमा व्यविसायिक उत्थानशिलताको प्रबर्द्धन तथा विकास विषयको गोष्ठीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले निजी क्षेत्रकाट भएका यस्ता काम प्रशंसनीय भएको भन्दै सरकार सहकार्यका लागि तयार रहेको बताए ।

उनले निजी क्षेत्रलाई मात्रै नभएर सरकार पनि विपद् जोखिमको न्यूनीकरण र पूर्वतयारीमा भन्दा राहत, उद्धार र प्रतिकार्यमा बढी केन्द्रित भएको बताए । विपत व्यवस्थापनको ९० प्रतिशत खर्च यिनै कार्यमा भइरहेको उनको भनाइ थियो ।

यूएनडीआरआरले पहिचान गरेका ३ सयभन्दा बढी प्रकोपमध्ये नेपालमा ४० जति मात्रैको रेकर्ड राखिने गरिएको छ । नेपालमा विपद्बाट प्रतिदिन औसतमा ५ जनाको ज्यान जाने गरेको सचिव राउतको भनाइ थियो ।

समुदायलाई उत्थानशील बनाउनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै एनबीआईका अध्यक्ष कुशकुमार जोशीले यस्ता कार्यले निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रमा जागरुक र पथ क्रियाशिलता बढाउनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi