काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा निस्कनु अगाडि भारतका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री कार्यकालको तेस्रो सपथग्रहण कार्यकमको लागि नयाँ दिल्ली जाने निश्चित भएको छ । मोदीले नेपाल सहित छिमेकी देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथमा आउन निम्ता दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वको मन्त्रिपरिषदको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । योसँगै भारतका लागि नेपाली राजदूत शंकर शर्मा फिर्ता हुने भएका हुन् । फिर्ता भएका राजदूतहरुको ठाउँमा भागबण्डा गरेर राजदूत नियुक्त हुनेछन् ।












प्रतिक्रिया दिनुहोस्