Skip to content

भारतीय संसदमा ३३ प्रतिशत आपराधिक आरोपका सांसद

nabil bank

काठमाडौं । भारतको आमनिर्वाचनको पूर्ण परिणाम सार्वजनिक भयो । ५४३ सदस्यीय संसदमा करिब एकतिहाइ संख्या आपराधिक आरोप लागेका व्यक्तिहरु संसदमा पुगेका छन् ।

भारतीय संसद् सदस्य संख्या ५ सय ४३ मध्ये १ सय ८० जना सांसद आपराधिक आरोप लागेका रहेका छन् । यो भनेको जम्मा संख्याको ३३.१ प्रतिशत हो । नयाँ दिल्लीमा कार्यालय रहेको एशोसियसन अफ डेमोक्रेटिक रिफर्म नामक संस्थाका अनुसार यसपटकको निर्वाचनमा भारतभर ८ हजार ३ सय ६० जना उम्मेदवार रहेका थिए । ती मध्ये अपराधिक मामलामा जेल गएका वा मुद्दा लडिरहेका १ हजार ६४३ जना उम्मेदवारहरु थिए ।

त्यसमध्ये पनि केही त भारत टुक्राउने अभियानमा लागेको भन्दै अहिले जेल सजाय काटिरहेकाहरु पनि छन् । हाल कास्मिरको डिब्रुगढ जेलमा रहेका खालिस्तानी विद्रोही अमृत पाल सिंहले खडुर साबिह क्षेत्रबाट चुनाव जितेका छन् । त्यस्तै ५ वर्षदेखि तेहाड जेलमा रहेका अब्दुल रसिदले बरमुलाबाट स्वतन्त्ररुपमा चुनाव जितेका छन् । उनीहरुमध्ये सिंह भारतको कास्मिर लगायतका राज्यहलाई टुक्राएर अलग्गै खालिस्तान देश बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । यता रसिदलाई कास्मिरलाई भारतबाट टुक्राउने अभियानको नेतृत्व गरिरहेको आरोप छ ।

भारतीय संविधानअनुसार दिमागी सन्तुलन खराब भएको अवस्थामा बाहेक भारतको कुनै पनि नागरिक चुनावमा मतदाता हुन र चुनाव लड्न पाउँछ । त्यहीअनुसार उनीहरु उम्मेदवार भएर जितेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi