Skip to content

चौधरी ग्रुपले निवेदन नदिएपछि मोबाइल सेवाको लाइसेन्स खारेज

 

काठमाडौं । चौधरी ग्रुप (सीजी) को मोबाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि सीजीको लाइसेन्स स्वतः खारेज भएको हो ।

सीजी कम्युनिकेसन (तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा सीजीले निवेदन नै दिएन । निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

गत वर्ष २०८० मंसिरदेखि नै लागू हुने गरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ । तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोबाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । तर, पूर्वाधार नै निर्माण गरेन । र, नवीकरणको निवेदन नै नदिँदा २० वर्षपछि स्वतः लाइसेन्स खारेज भयो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal