Skip to content

अब अनलाइनबाटै वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण हुने

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मागपत्र अबदेखि अनलाइन प्रणालीबाटै प्रमाणीकरण हुने भएका छन् । मागपत्रको अनलाइनबाटै प्रमाणीकरण गर्ने कार्यको सुभारम्भ भएसँगै अब मागपत्र प्रमाणीकरणको काम अनलाइनबाटै हुने भएको हो ।

मागपत्र अनलाइनबाट प्रमाणीकराण्को बिहीबार उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए । वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुने उप प्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवं छनोट गर्ने कम्पनीलगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने बताए । साथै आफ्नो आवेदनको प्रगति विवरण हेर्न तथा कुनै कागजात वा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, विचौलियाजन्य कार्य निरुत्साहित भइ कार्यालयमा भीडभाड नहुने, रोजगारदाता र श्रमिक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरु सुरक्षित रहने बताए । उनले रिहाद बाहेक अन्य राजदूतावासमा यसअघि मागपत्र प्रमाणीकरण नहुने गरेको पनि बताए ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइन प्रणालीले श्रमीकहरुको हक र हितको लागि साथै रोजगारदाता कम्पनीहरुलाई नियन्त्रण र उनीहरुलाई सहजीकरणका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्यालरीको करेन्सी नेपाली वा युएस डलरमा राख्न सुझाव दिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal