Skip to content

यूटीएललाई ७ अर्ब ४३ करोड रुपैयाँ बक्यौता तिर्न आग्रह, १५ दिनभित्र नतिरे नवीकरण खारेज गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूटीएललाई १५ दिनभित्र करिब साढे ७ अर्ब रुपैयाँ बक्यौता तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सूचना निकालेर दूरसञ्चार कम्पनी यूटीएलले तिर्नुपर्ने ७ अर्ब ४३ करोड ९३ लाख ९१ हजार रुपैयाँ १५ दिन भित्र तिर्नका लागि निर्देशन दिएको हो ।

प्राधिकरणकाअनुसार अनुमतित्रको सर्तबमोजिम नवीकरण दस्तुरको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर बक्यौता रहेको छ । प्राधिकरणले दिएको १५ दिनको समयसिमामा बक्यौता रकम नबुझाए खारेजीको प्रक्रियामा अगाडि बढ्ने चेतावनी दिएको छ । लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले जेठ मसान्तसम्मको कायम भएको बक्यौता रकम १५ दिनभित्र भुक्तानी गर्नका लागि निर्देशन दिएको हो ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal