Skip to content

उपत्यका बाहिर विद्युतीय सवारी चलाउँदै साझा

 

काठमाडौं । साझा यातायातले उपत्यका बाहिर साना माइक्रो बस र स्कुटर पनि सञ्चालन गर्ने भएको छ । ठूला विद्युतीय बस सञ्चालन गर्दै आएको साझा यातायातले उपत्यका बाहिर साना माइक्रो बस र स्कुटर सञ्चालन गर्ने भएको हो ।

त्यसका लागि साझाले सोमबार ठेक्का आह्वान समेत गरेको छ । साझाले २५ वटा माइक्रो बस र ५ वटा स्कुटरका लागि ठेक्का आह्वान गरेको हो । स्कुटर र माइक्रो बस खरिद गर्न इच्छुक कम्पनीले ३० दिनभित्र अर्थात् जुलाई १० सम्म आवेदन दिन सक्नेछन् । माइक्रो बसका लागि ३० लाख र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । माइक्रो काठमाडौं उपत्यका बाहिर छोटो दूरीमा सञ्चालन गर्न लागिएको साझाले जनाएको छ ।

हाल साझा यातायातले पुल्चोकमा चार्जिङ स्टेसन बनाएर ४२ सिटका ठूला विद्युतीय बस सञ्चालन गर्दै आएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal