Skip to content
Prabhu

सेयर बजारमा करिब ९ अंकको सुधार, कारोबार रकम ५ अर्ब बढी

 

काठमाडौं । सोमबार सेयर बजारमा करिब ९ अंकले सुधार भएको छ । कारोबार हुने साताको दोस्रो दिन सेयर बजार परिसूचक ८ दशमलव ९० अंकले बढेको हो ।

सोमबारको कारोबार बन्द हुँदा ८ दशमलव ९० अंकले बढेर बजार परिसूचक २०८२ दशमलव ०९ विन्दुमा पुगेको छ । सेयर बजारमा सोमबार कारोबार भएका कम्पनीमध्ये १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार सेयर बजारमा ५ अर्ब बढीको कारोबार भएको छ । सोमबार ३१४ कम्पनीका १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ७१ हजार ९४८ पटक खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि सोमबार सामान्य अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंकले बढेर ३६९ दशमलव शून्य ५ अंकमा पुगेको छ ।

सोमबार १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर मूल्य बढेको छ भने ६ उपसमूहको सेयर मूल्य घटेको छ । सोमबार सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार त्रिशुली जलविद्युत कम्पनी लिमिटेड र कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal