Skip to content

गत वर्षभन्दा मूल्यवृद्धि कम, वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत

 

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा मूल्य वृद्धिमा ३ प्रतिशतले कमी आएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको वैशाख महिनासम्म मूल्य वृद्धि ३ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख महिनामा मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । गत आर्थिक वर्षका सोही अवधिमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।

त्यस्त समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ । त्यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal