Skip to content

दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ७७ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १२२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११९ अर्ब ६० करोड बराबरको भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई १ खर्ब २६ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले कमी आई १३०३ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । ज्ञण्। निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई ११७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १२२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११९ अर्ब ६० करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.६ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.९ प्रतिशत, ०.६ प्रतिशत र ४४.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.९ प्रतिशत, पुँजीगत वस्तुको ९.३ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.२ प्रतिशत, ८.४ प्रतिशत र ३८.४ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०८१ बैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ३.९ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ०.३ प्रतिशतले घटेको छ । २०८१ बैशाख महिनामा व्यापारको शर्त ४.२ प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५१ अर्ब ३७ करोड रहेको थियो ।  समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय १०४ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११२ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय ७५ अर्ब १४ करोड रहेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal