Skip to content

३८ अर्बको कारोबार गर्ने नासा सेक्युरिटिजले १० हजार पनि समयमा तिरेन, ८० प्रतिशत गुनासो

काठमाडौं । नासा सेक्युरिटीले गतवर्ष २०८० सालमा सबैभन्दा बढी सेयर कारोबार गर्न सफल भयो ।

सेयर कारोबारीमा नम्बरका आधारमा चिनिने हुँदा नासालाई ५८ नम्बर ब्रोकर भनेर चिनिन्छ । जसले २०८० सालमा ३८ अर्ब रुपैयाँको सेयर कारोबार गरेको थियो ।

सेयर लगानीकर्ताबीच एउटा भनाई बढी चर्चित छ,“५८ नम्बरबाट कुनै कम्पनीको सेयर बढी किन्ने बढीमा भएमा त्यो सेयर किन्नु,बेच्ने भएमा त्यो बेच्नु।”
यसले ५८ नम्बर अर्थात नासा सेक्युरिटिजको प्रभावलाई देखाउछ ।

धितोपत्र बोर्डमा नासा सेक्युरिटिज बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनीको रुपमा मात्र चिनिएको छैन । धितोपत्र बोर्डमा सबैभन्दा बढी गुनासो ५८ नम्बर अर्थात नासा ब्रोकर विरुद्ध छ । धितोपत्र बोर्डका एक अधिकारी नासाले समयमा १० हजार रुपैयाँसम्म पनि समयमा नतिरेको गुनासो आएको छ ।

“सबैभन्दा बढी सेयर कारोबार गर्ने कम्पनीले साना तथा मझौला लगानीकर्ताको पैसा नतिर्ने गुनासो बढी छ,”धितोपत्र बोर्ड स्रोतले भन्यो,“नासाको गुनासो निकै बढी छ,सचेत गराएपनि कहिले पनि सम्बोधन हुँदैन।”

अहिले सेयर खरिदबिक्रीमा (टि प्ल २) व्यवस्था लागू छ । यो भनेको सेयर किनबेच भएको २ दिनभित्र सम्पूर्ण हिसाब प्रक्रिया पूरा गर्नुपर्छ । तर,५८ नम्बरले १० हजार रुपैयाँ पनि २ देखि ३ महिनासम्म पनि नदिएको गुनासो धितोपत्र बोर्डमा आएको हो ।

धितोपत्र बोर्ड स्रोतका अनुसार बढी सेयर कारोबार गर्ने ठूला कम्पनी विरुद्धका गुनासो बढी छन् । जसमा साना तथा मझौला खाले लगानीकर्ताले ब्रोकरले पैसा समयमा नदिएको गुनासो गर्ने गरेका छन् । सेयर किन्दा पनि साना लगानीकर्तालाई ठूला ब्रोकरले प्राथमिकता नदिने गरेको गुनासो छ ।

“१० हजार रुपैयाँ पनि समयमा नतिरेको गुनासो आएपछि हामीहरु अचम्ममा परेका छौं,”धितोपत्र बोर्ड स्रोतले भन्यो,“सेयर बिक्रीकर्ताले ताकेता नगर्दासम्म प्रणालीबाट नासाले पैसा नदिने गरेको भेटियो।”

विगतमा केही समय अगाडि नासा सेक्युरिटिज इमेल मार्फत आफ्नो कम्पनीबाट सेयर किनबेच गर्न अनुरोध गरेको भन्दै विवादमा समेत परेको थियो । यस्तै विगतमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पनि स्पष्टिकरण सोधेको थियो ।

नयाँ ब्रोकरमा छैन गुनासो

पुरानो र ठूला सेयर ब्रोकरमा लगानीकर्ताले गुनासो गरेपछि पछिल्लो डेढवर्षमा नयाँ लाइसेन्स पाएका ब्रोकरमा भने लगानीकर्ताको गुनासो रहेको छैन । धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकरहरुको ग्राहकसंख्या अझै नबढेको र कारोबार पनि कम भएको हुँदा गुनासो कम भएको हुनसक्छ । अर्को नयाँ ब्रोकरले ग्राहकलाई आकर्षित गर्नको लागि सेटलमेन्टलाई बढी प्राथमिकता दिने गरेका छन् । जसले गर्दा गुनासो कम भएको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal